गैरआवासीय नेपाली संघको नयाँ नेतृत्व चयनका लागि मतदान सम्पन्न


न्युज अफ नेपाल, काठमाण्डौ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए)को नयाँ नेतृत्व चयनका मतदान सम्पन्न भएको छ । बिहीबार बिहान १० बजे सुरु भएको मतदान बेलुकी साढे पाँच बजे सकिएको छ । बुधबार हुने भनिएको मतदान भोटिङ मेसिन बिग्रिएपछि बिहीबार बिहान भएको हो । अहिले मुचुल्का उठाउने काम भैरहेको छ ।

यसैबीच ‘म, मेरो एनआरएनए र मेरो नेपाल’ भन्ने नाराका साथ सुरु भएको ‘एनआरएनए’ को नवौँ विश्व सम्मेलन बिहीबार सकिदैछ । ८१ देशका प्रतिनिधिसहित २५ सयभन्दा धेरै सहभागी रहेको सम्म्ेलनको समापन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने एनआरएनएले जनाएको छ ।

संघको अध्यक्षमा कुल आचार्य र कुमार पन्तले उम्मेदवारी दिनु भएको थियो ।