थुनामा रहेका व्यक्तिलाई छुटाइदिने भन्दै पैसा लेनदेन गर्ने सात पक्राउ


कैलाली । प्रहरी नियन्त्रणमा रहेका व्यक्तिलाई छुटाइदिने भन्दै पैसा लेनदेन गर्ने सात जनालाई प्रहरीले पक्राउ गरेको छ । मान्छे छुटाइदिने भन्दै पैसा लिनेमा धनगढी उपमहानगरपालिका २ बस्ने गुड्डु सिंह भन्ने सुमित सिंह, ३ नम्बरका विनोद शर्मा, २ का सुमन शर्मा, १ का बब्लु राइन भन्ने हरिष कवाडीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

गत असोज २७ गते भारतबाट अवैध रुपमा दुई क्विन्टल माछा ल्याउँदै गरेका दुई जनालाई प्रहरीले पक्राउ गरेको थियो । यस्तै प्रहरीले भारतको लखिमपुर खिरीका काले भन्ने हाइदर अली, अकबर अली र मोहम्मदलाई पक्राउ गरेको छ । सुमित र विनोदले पक्राउ परेका व्यक्तिका आफन्तहरुलाई भारतको पलियाबाट धनगढी बोलाएर ५९ हजार नगद र ४१ हजारको चेक लिएका थिए ।

पक्राउ परेका उनीहरुले जिल्ला प्रहरी कार्यालयमा आएर छुटाएको जस्तो नाटक गरेको तर नसकेपछि आफन्तलाई पैसा फिर्ता गरेको प्रहरीले जनाएको छ ।