३२ दिने नाबालक शिशुको हत्या आरोपमा एक पक्राउ


कपिलवस्तु । नाबालकको हत्या गरेको अभियोगमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । शिवराज नगरपालिका–६ सुगा नगर बस्ने राज बहादुर यादवको छोरा ३२ दिनको नाबालक शिशु आशिष यादवको हत्या गरेको अभियोगमा दाजु नाता पर्ने ३५ वर्षीय राम सुरत यादव पक्राउ परेका हुन् ।

आशिष यादवलाई आफ्नै फुपुले खेलाइरहेको अवस्थामा फुपुको हातबाट खोसी राम सुरतले ती नाबालकलाई जमिनमा पछार्दा गम्भीर घाइते भएपछि उपचारको लागि प्रादेशिक अस्पताल बुटवल लगेकोमा उपचारको क्रममा ती बालकको मृत्यु भएको थियो ।