भरुवा बन्दुकसहित एक पक्राउ


मकवानपुर । भरुवा बन्दुकसहित प्रहरीले एक जनालाई फक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलाश गाउँपालिका(५ थानेडाँडा बस्ने ५६ वर्षीय राम बहादुर मोक्तान रहेको प्रहरीले जनाएको छ ।

मोक्तानलाई १ थान भरुवा बन्दुकसहित मंगलबार प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय मातहतबाट खटिएको प्रहरीले मोक्तानको घर खानतलासी गर्ने क्रममा लुकाई छिपाई राखेको अवस्थामा उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस विषयमा थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।