औषधी उत्पादक संघमा क्षेत्री

0
Shares

काठमाडौं, (नेस)।नेपाल औषधी उत्पादक संघको अध्यक्षमा जी नारायणबहादुर क्षत्री विजयी हुनुभएको छ। बुधबार साँझ भएको संघको २५औं वार्षिक साधारणसभाले क्षेत्रीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। अध्यक्ष क्षेत्रीले २७ मत ल्याएर ५ मतको अन्तरले प्रज्वलजंग पाण्डेलाई पराजित गर्नुभएको छ।

पाण्डेले २२ मत प्राप्त गर्नुभएको संघले जनाएको छ। पाण्डे निवर्तमान कार्यसमितिका महासचिव हुनुहुन्थ्यो भने क्षेत्री वरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो। दुवै प्रत्यसीबीच सहमति जुटाउने प्रयास भए पनि सफल नभएपछि मतदान भएको संघले जनाएको छ।

हरेक दुई वर्षमा हुने संघको नयाँ कार्यसमितिका लागि सुवर्णभक्त जोशी, प्रभात रूंगटा, विप्लव अधिकारी, सन्तोष बराल, पृथ्वी राजभण्डारी, महेशप्रसाद प्रधान, दीपेन्द्रबहादुर प्रधान, प्रेमबहादुर जाटिया र विजयराज शाक्य सदस्य पदमा विजयी भएका छन्।