विश्व खाद्य दिवसमा अर्गानिक वस्तु उत्पादनमा जोड

0
Shares

नेपाल समाचारपत्र, जाजरकोट।‘हाम्रो पहल स्वास्थ्य आहार भोकयुक्त संसार’ भन्ने मूल नाराका साथ भेरी नगरपालिका कृषि उपशाखाको आयोजनामा विभिन्न कार्यक्रम गरी ३९औं विश्व खाद्य दिवस मनाइएको छ।नेपाल कृषि प्रदान देश भएकाले नागरिकहरूलाई अर्गानिक वस्तु उत्पादन गरी स्वस्थ आहार उपयोग गर्न उत्प्रेरित गराउन प्रत्येक वर्ष अक्टुबर १६ का दिन कार्यक्रम गर्ने गरिन्छ।

मानिसलाई स्वस्थ राख्न सफा तथा स्वच्छ खानाको आवश्यकता पर्ने भएकाले नागरिकहरूलाई कृषि पेसाप्रति आर्कषित गरी आय आर्जनमा वृद्धि गराउन यो दिवस मनाउने गरिन्छ। सबै दिवसहरू दिवसमै मात्र सीमिति हुने भएकाले आगामी दिनमा स्थानीय सरकारले कार्यक्रमहरू सञ्चालन गरिसकेपछि स्थानीयस्तरमा लागू गर्न जरुरी रहेको छ।

कार्यक्रम मात्र गर्ने कार्यक्रमअनुसार काम गर्न नसके खाद्य संकट हुने देखिन्छ। खाद्य संकट नहोस् भन्नका लागि यो दिवस नेपालमा पनि मनाउने गरिएको छ।कृषि विकास कार्यालय जाजरकोटका प्रमुख चित्रबहादुर रोकायले मानिसहरू धेरै खाए पनि अकालमा मृत्यु हुने भएकाले समय र खाना मिलाएर खाए शरीर स्वस्थ बन्ने तथा खाना धेरै नपकाएर खाने जति मात्र पकाई उपभोग गर्न सके खाद्यमा आत्मनिर्भर हुने भएकाले अर्गानिक वस्तु उत्पादनमा जोड दिन आग्रह गर्नुभयो।

रासायनिक मलको प्रयोग नगरी प्रा·गारिक, कम्पोस्ट मल प्रयोग गरी उत्पादनको उत्पादकत्व वृद्धि गराउन सरोकारवाला निकायले पहल प्रमुख रोकायले आग्रह गर्नुभयो।जाजरकोट जिल्ला आफैमा खाद्य वस्तु उत्पादन हुने जिल्ला हो। यहाँको माटो र हावापानीअनुसार सबै वस्तु उत्पादन हुने गरेको पाइन्छ।

यस क्षेत्रमा मकै, आलु, फलफूल, कोदोलगायतका अन्नबालीमा आत्मनिर्भर अहिले पनि छ। धान, गहुँ कम उत्पादन हुने भएकोले सरोकारवाला निकायले ध्यान दिए जाजरकोट जिल्ला खाद्यमा आत्मनिर्भर हुन्छ आत्मनिर्भर बनाउन सबैले हातेमालो गर्नुपर्छ, सबैको सहकार्य भए असम्भव छैन, जाजरकोट समृद्ध बन्छ यसका लागि सबैले पहल गर्न कृषि विकास कार्यालयका प्रमुख रोकायले आग्रह गर्नुभयो।

भेरी नगरपालिकाका उपप्रमुख भावना भण्डारीले नेपाल कृषि प्रधान देश भएकाले विशेष गरी भेरी नगरपालिकालाई आगामी दिनमा कृषि क्षेत्रको विकास र विस्तार गर्नका लागि पकेट क्षेत्र निर्माण गरी अर्गानिक खाद्य वस्तु उत्पादनमा जोड दिने बताउनुभयो।

३९औं विश्व खाद्य दिवसका अवसरमा भेरी नगरपालिकाभित्र रहेका माध्यमिक विद्यालयका बालबालिकालाई ‘हाम्रो पहल स्वास्थ्य आहार भोकयुक्त संसार’ भन्ने शीर्षकमा निबन्ध प्रतियोगित सञ्चालन गरिएको थियो।