बालविवाह गर्ने बेहुला बेहुलीसहित सात पक्राउ


काठमाडौँ । बाल विवाहमा गराएको अभियोगमा सल्यानमा बेहुला बेहुलीसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कपुरकोट गाउँपालिका वडा नं. ५ जामुने निवासी १५ वर्षीय बेहुला, १४ वर्षीया बेहुलीसहित उनीहरुका अभिभावक र बिहे गराइदिने पण्डित समेत रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरु प्रहरी हिरासतमा छन् ।

बेहुलीले कपुरकोट गाउँपालिकाकै सरस्वती आधारभूत विद्यालयमा कक्षा ७ मा अध्यनरत थिइन भने बेहुला पनि सोही विद्यालयमा कक्षा ६ मा अध्यनरत थिए । आपसी सल्लाहले आइतवार घरबाट भागेका थिए । बाबु आमाले सल्लाह गरेर मंगलवार मात्रै उनीहरुको घरममै औपचारिक रुपमा पण्डित बोलाएर बिहे गरिदिएका थिए ।

बालविवाह भएको सुचना पाए लगत्तै हरीले बेहुला बेहुलीसहित उनीहरुका अभिभावक र पण्डित समेतलाई मंगलवार बेलुकी घरबाटै पक्राउ गरि थुनामा राखेको छ ।

आवश्यक कारवाहीको लागि मुद्दा दर्ता गरिसकेको प्रहरीले जनाएको छ ।