एनआरएनए सम्मेलनमा भएको नाराबाजीमा प्रहरी हस्तक्षेप


काठमाडौं । समयमा मतदान सुरू नभएकोले निर्वाचन गर्नुको कुनै अर्थ नरहेको भन्दै नाराबाजी सुरु भएपछि प्रहरीले हस्तक्षेप गरेको छ । दिउँसो सुरु हुने भनिएको एनआरएनए सम्मेलनको मतदान बेलुका साढे सात बजेसम्म पनि सुरु नभएपछि नाराबाजी सुरु भएको हो ।

आफूखुशी विधानको परिवर्तन गर्न खोजिएको बताउदै भन्दै नाराबाजी सुरु भएको हा ।

चर्काे नाराबाजी हुने भएपछि प्रहरीले बल प्रयोग गरेको छ । बल प्रयोग गरेर नाराबाजीलाई प्रहरीले नियन्त्रणमा लिएको हो