आर्चरी महासङ्घको अध्यक्षमा गुरुङ चयन


काठमाडौँ । नेपाल आर्चरी सङ्घका अध्यक्ष दीपकराज गुरुङ दक्षिण एशियाली आर्चरी महासङ्घ ९साफ०को अध्यक्षमा चयन हुनुभएको छ । बङ्गलादेशमा बसेको साफको बोर्ड बैठकले गुरुङलाई चार वर्षका लागि अध्यक्ष पदमा चयन गरेको साफद्वारा आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । साफको संस्थापक सदस्यसमेत रहनुभएका गुरुङ यसअघि साफको वरिष्ठ उपाध्यक्ष पदमा हुनुहुन्थ्यो ।

साफका महासचिव एवं विश्व आर्चरी एशियाका प्रथम उपाध्यक्ष तथा बङ्गलादेश ओलम्पिक कमिटीका कोषाध्यक्ष काजी राजीव उद्दिन एहमेद चपोलले अध्यक्षमा चयन हुनुभएका गुरुङलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो ।