उपनिर्वाचनका उम्मेदवार कात्तिक १० भित्र सिफारिस गर्न नेकपाको निर्देशन

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

सत्तारुढ दल नेकपाले प्रतिनिधिसभा र प्रदेश सभाको उपचुनावको उम्मेदवारका विषयमा पार्टी सचिवालयले अन्तिम निर्णय लिने भएको छ। आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा प्रतिनिधिसभा र प्रदेशसभाको उम्मेदवार केन्द्रले चयन गर्ने निर्यण भएको छ।

त्यसैगरी उपमहानगर, नगर र गाउँपालिकाको मेयर, उपमेयर, अध्यक्ष वा उपाध्यक्षको उम्मेदवार चयन सम्बन्धी निर्णय प्रदेश कमिटीले गर्ने र वडाका उम्मेदवारको चयन सम्बन्धी निर्णय जिल्ला कमिटिले गर्ने त्यसका लागि कात्तिक १० भित्र ३ जनाको नाम सिफारिस गर्नुपर्ने निर्यण भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

प्रतिनधिसभा र प्रदेश सभाका उम्मेदबार सिफारिसका लागि सम्बन्धित निर्वाचन क्षेत्र कमिटी र जिल्ला कमिटीसँगको परामर्शका आधारमा प्रदेश कमिटिले सिफारिस गरेर पठाउनुपर्ने निर्णय भएको छ।

स्थानीय तहको उपमहानगरपालिका, नगरपालिका वा गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, मेयर उपमेयरका लागि सम्बन्धित गाउँ, नगर कमिटिको सिफारिसका आधारमा प्रदेश कमिटिले उम्मेदवार चयन गर्नेछ वडाका उम्मेदावरका हकमा भने वडा कमिटि र गाउँ कमिटिको परामर्शका आधारमा जिल्ला कमिटिले चयन गर्ने निर्णय भएको छ ।