नेकपाको चियापान आज, १ लाखलाई निम्तो

0
Shares

काठमाडौं । सत्तारुढ दल नेकपाले आज राजधानीको भृकुटीमण्डपमा दिउँसो १२ बजेदेखि बेलुकी ५ बजेसम्म चियापान कार्यक्रमको आयोजना गरेको छ।

दिउँसो १२ देखि ३ बजेसम्म पार्टीका नेता, कार्यकर्ता तथा सर्वसाधारण र त्यसपछि ५ बजेसम्म उच्चपदस्थ अधिकारीलाई चियापानको निम्तो गरेको छ।

विभिन्न राजनीतिक दलका नेता, मन्त्री, सांसद, संवैधानिक अंगका पदाधिकारी, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, सरकारका उच्चपदस्थ पदाधिकारी, सेवानिवृत्त पदाधिकारी, सामाजिक जीवनका विभिन्न विधा, पेसा तथा समुदायका विशिष्ट व्यक्तित्वलाई कार्ड पठाएर चियापानमा निम्त्याइएको छ । चियापान कार्यक्रममा १ लाख जनालाई निम्तो गरिएको छ।