राष्ट्रपति भण्डारी आज म्यानमार जाँदै

0
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी पाँचदिने भ्रमणका लागि बुधबार म्यानमार जाँदैछिन् । राष्ट्रपति भण्डारी म्यान्मारका राष्ट्रपति विन मिन्टको निमन्त्रणामा आज बिहान ११ बजे म्यानमारतर्फ प्रस्थान गर्ने बताईएको छ ।

उनले राष्ट्रपति विन्ट र स्टेट काउन्सिलर आङ साङ सुचीसँग आपसी हित तथा द्विपक्षीय सम्बन्धबारे कुराकानी गर्ने जनाईएको छ ।

भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले नेपाली मूलका म्यानमारका नागरिकहरुसँग पायन यु लायनमा पनि भेट्ने कार्यक्रम राखिएको छ ।

म्यान्मारको राजधानी यंगुनको ऐतिहासिक स्थानहरुको समेत भ्रमण गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।राष्ट्रपति भण्डारीको भ्रमण दलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसमेत सहभागी हुनेछन् ।