सडक चौडा गर्न माग गर्दै हस्ताक्षर अभियान संचालन


कृष्णउदास खनाल,वीरगन्ज ।

वीरगन्जको मुख्य सडक चौडा गर्न चरणवद्ध आन्दोल गर्दै आएको वीरगन्ज बिकास युवा संर्घष समितिले मंगलबार तेस्रो दिन पनि वीरगन्जमा हस्ताक्षर अभियान जारी रहेको छ । संर्घष समितिको आयोजनामा वीरगंज घण्टाघरमा तेस्रो दिन पनि हस्ताक्षर अभियान जारी राखिएको हो ।

नेपाल सरकारको निर्णय अनुसार वीरगन्जको मुख्य सडक २५(२५ मिटर फराकिलो पार्न दबाव दिन हस्ताक्षर अभियान सुरु गरिएको संघर्ष समितिका सदस्य युवा नेता रंजित चौरसियाले वताउनुभयो । संघर्ष समितिका सदस्य रंजित चौरसियाको अध्यक्षतामा भएको पहिलो दिनको हस्ताक्षर अभियानको उद्घाटन पर्साको छिपाहरमाई गाउँपालिकाका अध्यक्ष मनोज कुमार गुप्ताले गर्नुभएको थियो।

संघर्ष समितिका सदस्य अकलेश साहको अध्यक्षतामा भएको दोस्रो दिनको हस्ताक्षर अभियानको उद्घाटन पर्साको विन्दवासिनी गाउँपालिकाका उपाध्यक्ष किरण देवीले गर्नुभएको थियो । संघर्ष समितिका सदस्य बिबेक कुमार साहको अध्यक्षतामा भएको तेस्रो दिनको हस्ताक्षर अभियानको उद्घाटन पर्साको विन्दवासिनी गाउँपालिकाका अध्यक्ष श्रीलाल साह कानु मोदीले गर्नुभएको थियो ।

अध्यक्ष कानु मोदीले यो भेला हाम्रो लागि एक दमै राम्रो रहेको बताए।यो कुरा लाई हाम्रो समाजका अगुवा, कार्यकर्ता,नेता, अधिकारी, जनप्रतिनिधि हरु बाट जुन बाटो फराकिलो गर्ने निर्णय को विषय लाई दबाउने काम भईरहेको सरासर अन्याय पुर्न रहेको बताए । उहाँले जुनकाम जनप्रतिनिधिले गर्ने पर्ने त्यो काम युवाले थालेको अभियानको तारिफ गर्नुभयो ।अदालतले कार्तिक ७ गते सम्म मात्र नतोड्न आदेश दिएकोे वताउदै उहाँले यसलाई भ्रम छर्ने काम गरिएको वताउनुभयो ।

नेकपाका युवा नेता समेत रहेका अकलेश साहले हस्ताक्षर अभियान तीन दिन सम्म चल्ने र संकल्ति हस्ताक्षर भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुबिर महासेठलाई बुझाइने बताउनुभयो ।