आईओएमका डिनलाई कालो मोसो दल्ने थापा पक्राउ


काठमाडौँ । चिकित्साशास्त्र अध्ययन संस्थानका डिन डा. जगदीश अग्रवाललाई कालो मोसो दलेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा कागेश्वरी मनोहरा नगरपालिका.१ बस्‍ने २८ वर्षीय विजय थापा रहेको प्रहरीले जनाएको छ ।

थापालाई प्रहरीले मंगलबार पक्राउ गरेको हो । गत भदौ २९ गते टिचिङ अस्पतालभित्र आफ्नो कार्यकक्षमा बसिरहेका अग्रवाललाई कालोमोसो दलिएको थियो ।

पक्राउ परेका थापामाथि अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ।