लागूऔषध गाँजासहित एक पक्राउ


पर्वत । पर्वतको जलजला गाउँपालिका वडा नं ३ बाट लागु औषध सहित एक युवा पक्राउ परेका छन । जलजला गाउँपालिका ३ बगरफाँटका २१ बर्षिय सुवास घर्ती क्षेत्रीलाई अवैध लागु औषध (गाँजा ) सहित प्रहरीले घरबाटै पक्रेको हो ।

क्षेत्रीकोे घरकोठा तथा शरिर खानतलासी गर्दा निजको साथबाट लागु औषध बरामद गरिएपछि अदालतबाट म्याद थप गरि अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।