लेनदेन मुद्धाका फरार प्रतिवादी पक्राउ


न्युज अफ नेपाल, पर्वत ।

लेनदेन मुद्दामा दोषी प्रमाणित भएका एक जना फरार प्रतिबादीलाई प्रहरीले पक्रेको छ । पर्वतको जलजला गाउँपालिका वडा नं ७ धाइरिङ्गका ३७ बर्षिय कृष्ण बिश्वकर्मा भन्ने हिरालाल खातीलाई प्रहरीले पक्राउ गरेको छ ।

खातीलाई खोजतलासका क्रममा धाइरिङ्गबाटै प्रक्राउ गरिएको थियो । उनलाई पर्वत जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।