भैंसीगोठमा लगेर बालिकालाई बलात्कार गर्ने एक पक्राउ

0
Shares

न्युज अफ नेपाल, पर्वत ।

१४ बर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा पर्वतको बाजुङ्गबाट एक युवा पक्राउ परेका छन ।

मोदी गाउँपालिका वडा नं ५ बाजुङ्गका प्रकाश बिकलाई भैंसीगोठमा लगेर बालिका बलात्कार गरेको आरोपमा प्रहरीले पक्रेको हो ।
बिकले असोज २५ गते ती बालिकालाई भैसीगोठमा लगेर बलात्कार भएको सुचना आएपछि प्रहरीले उनलाई तत्काल प्रकाउ गरेको प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिनुभयो ।

प्रहरीले बिकका बिरुद्ध करणी सम्बन्धी कसुर अन्र्तगत जर्बजस्ती करणीमा मंगलबार पर्वत जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान अगाडी बढाएको छ ।