पोषणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुने


न्युज अफ नेपाल, काठमाडौं ।

‘मानव र पृथ्वीलाई सँगै पोषित गर्दै’ भन्ने नाराका साथ पोषण बिस्तार अभियान (‘स्केलिङ अप न्युट्रिशन – सन मुभमेन्ट’) को अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौँमा हुने भएको छ । नेपालसरकार र सन मुभमेन्टको संयुक्त आयोजनामाहुन लागेको सम्मेलन आगामी कात्तिक १८ देखि २१ सम्म काठमाडौंको होटल याक एण्ड यतिमामा हुने छ ।

उक्त सम्मेलनमा केही देशका राष्ट्र वा सरकार प्रमुखसहित ८० भन्दा बढी देशका प्रतिनिधिहरु सहभागी हुनेछन् । सम्मेलनका अन्य सहभागीहरुमा संयुक्त राष्ट्रसंघीय निकायका प्रमुखहरु र क्षेत्रीय सँगठन, नागरिक समाज, विकास साझेदार र निजी क्षेत्रका प्रतिनिधिहरु रहने जनाइएको छ ।

सन मुभमेन्टका सदस्य राष्ट्रमै आयोजना हुने यो दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनकोउद्घाटन नेपालका सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीले गर्नुहुनेछ । सम्मेलनमा युनिसेफकी कार्यकारी निर्देशक र सन लिड ग्रुपकी अध्यक्ष हेन्रिता एच फोर, संयुक्त राष्ट्रसँघकी सहायक महासचिव तथा सन मुभमेन्टकी संयोजक गेर्डा भर्बर्ग र विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुख र मन्त्रीहरुले प्रमुख भूमिका निर्वाह गर्नेेछन ।

नेपाल सरकारको नेतृत्वमा हुने यो अन्तर्राष्ट्रिय सम्मेलनमा संसारभरका १००० भन्दा बढी सहभागीहरुले न्युनपोषण र मोटोपनसहित कुपोषण अन्त्य गर्न विश्वभरि प्रभावकारी भइरहेका प्रयासहरुबारे छलफल हुने बताइएको छ ।