सांसद आलममाथि अनुसन्धानका लागि ७ दिनको म्याद थपियो

0
Shares

काठमाडौं । बम विस्फोटमा घाइते भएका आफ्ना २२ सहयोगीलाई इँटाभट्टामा जलाएर हत्या गरेको आरोपमा पक्राउ परेका काँगे्रस सांसद अफताब आलममाथि अनुसन्धानका लागि अदालतले ७ दिनको म्याद दिएको छ ।

जिल्ला अदालत रौतहटले आलममाथि अनुसन्धानका लागि ७ दिनको म्याद थप गरेको हो । आलम आइतवार पक्राउ परेका थिए ।

अनुसन्धानका लागि जिल्ला अदालतबाट ७ दिनको म्याद थप भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।