एनआरएनए विश्व सम्मेलन सुरु

0
Shares

काठमाडौं । नवौं गैरआवासीय नेपाली विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा आजदेखि सुरु भएको छ। तीन दिनसम्म चल्ने सम्मेलन राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छन् ।

सम्मेलन उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले देश विकास र समृद्धि गरेको योगदानको सराहना गरिन् । विकास समृद्धिको लागि आवश्यक भएकाले उनीहरूले गरेको लगानी प्रोत्साहन गर्न राज्य प्रतिवद्ध रहेको उनले बताइन् । उनले सरकारको साथ दिन गैरआवासीय सदा तत्पर हुनुपर्ने उनको भनाइ छ ।

कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले देश उच्च आर्थिक वृद्धिको दिशामा अघि बढेकाले देशलाई सघाउन गैरआवासीय नेपालीहरूलाई आग्रह गरे । नेपालको भौतिक उपस्थितिभन्दा गैरआवासीय संघको उपस्थित बढी देशमा रहेको उल्लेख्य गर्दै उनले राज्यको दायित्वमा साथ दिने गरेकोमा संघप्रति आभार व्यक्त पनि गरे ।

सम्मेलनमा ८१ मुलुकका गैरआवासीय नेपाली प्रतिनिधिहरु, स्वेदशी, विदेशी गरी २ हजार ५ सयको सहभागिता छ ।