अवैध लागूऔषध गाँजासहित दुई पक्राउ


न्युज अफ नेपाल, काठमाडौं ।

झापाको बुद्धशान्ति गाउँपालिका ४ सुनमाईबाट अवैध लागूऔषध गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २२ वर्षीय सुरेन तामाङ रहेको प्रहरुीले जनाएको छ ।

तामाङलाई करिब ६ केजी गाँजासहित शनिबार राति प्रहरीले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यलय बुधबारेबाट खटिएको प्रहरीले मे.१ च ६६८५ नम्बरको टाटासुमो जीप जाँच गर्ने क्रममा डिक्कीमा लुकाई छिपाई राखेको अवस्था उक्त परिमाणको लागूऔषध गाँजा पारेको हो ।

यस्तै पर्वतको जलजला गाउँपालिका ३ बाट २१ वर्षीय सुवास जिसीलाई अवैध लागूऔषध गाँजाहित प्रहरीले पक्राउ गरेको छ । निसीलाई करिब ५ सय ग्राम गाँजासहित शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।

लागूऔषध सेवन गरी आफ्नै बुवालाई कुटपिट गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्वत र प्रहरी चौकी वारीवेनीबाट खटिएको प्रहरीले जिसीलाई उक्त परिमाणको लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

पक्राउ परेकामाथि थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।