दाङको आयुर्वेद चिकित्सालयमा आगलागी


न्युज अफ नेपाल, दाङ ।

दाङको तुलसीपुुर उपमहानगरपालिका–१९ मा रहेको प्रादेशिक आयुर्वेद चिकित्सालयको पञ्चकर्मा कक्षमा आज आगलागी भएको छ ।

अस्पतालको सेवा केही दिन प्रभावित हुने गरि आगलागीबाट यहाँ रहेका टेबुल, दराजलगायत सामग्री जलेर नष्ट भएको छ । आगलागीबाट झण्डै रु एक लाख बराबरको क्षति भएको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, चिकित्सालयका कर्मचारी र स्थानीयवासीले आगो निभाएका थिए । ग्यासमा पानी तताउने क्रममा आगलागी भएको अस्पतालका निमित्त निर्देशक डा. रामकामेश्वर ठाकुुरले जानकारी दिनुभयो ।