विप्लव समूहका बझाङ जिल्ला सदस्य पक्राउ


न्युज अफ नेपाल, बझाङ ।

बझाङका नेत्र विक्रम चन्द (विप्लव) समूहका जिल्ला सदस्य देवराज अवस्थी पक्राउ परेका छन्।

वित्थडचिर गाउँपालिका–९ सुनकुडा घर भएका ४० वर्षीय अवस्थीलाई चन्दा सङ्कलन गरिरहेको अवस्थामा प्रहरी चौकी स्याडीबाट खटिएको टोलीले शनिबार पक्राउ गरेको हो।

उनीहरुबाट नगद रसिद ठेलीसहित नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अहिले उनी प्रहरी हिरासतमा छन्।

उनले स्थानीय तहका कर्मचारी, जनप्रतिनिधि तथा विद्यालयका शिक्षकसँग समेत चन्दा माग्ने र नदिए धम्क्याउनेलगायतका काम गर्दै आएको जनप्रतिनिधिहरू बताउँछन्।