राष्ट्रपति चिनफिङ होटल सोल्टी पुगे


न्युज अफ नेपाल, काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङ होटल सोल्टी पुगेका छन् ।

राष्ट्रपति सिलाई विमानस्थलदेखी होटल सोल्टीसम्म पुग्दा सडकमा कर्मचारी र स्कुले विद्यार्थीले स्वागत गरेका छन् ।
सी को अगमनसँगै काठमाडौंको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली विमानस्थल पुगेर सीको स्वागत गर्नुभएको थियो । यसका साथै मन्त्रिपरिषद्का सदस्यसहित सडकमा सरकारी कर्मचारी, खेलाडी लगायतको बाक्लो उपस्थिति रहेको थियो ।

राष्ट्रपति सीको सम्मानमा राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाण्डौको सोल्टी क्राउन प्लाजा रात्रिभोजको आयोजना गर्नुभएको छ । रात्रिभोजको आयोजनाअघि दुई देशका राष्ट्रपतिबीच भेटवार्ता हुनेछ ।

राष्ट्रपति सि दुईदिने नेपाल भ्रमण सकेर आइतरबार दिउसो स्वदेश फर्कने छन् ।