१० हजार घुससहित सर्भेक्षक पक्राउ


न्युज अफ नेपाल, चिप्लेढुङ्गा । घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय कास्कीमा कार्यरत सर्भेक्षकलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा सन्तोष भण्डारी रहेको प्रहरीले जनाएको छ ।

सेवाग्राहीसँग जग्गा नापजाँच तथा क्षेत्रफल छुट्याउने कार्यमा विभिन्न बहाना बनाएर घुस मागेको भन्ने सूचना एवं उजुरी परेपछि अख्तियारले भण्डारीलाई पक्राउ गरेको हो । भण्डारीलाई पोखरा कार्यालयबाट खटेको टोलीले पोखरा महानगरपालिका–९ स्थित बुद्धचोक नजिकैबाट मङ्गलबार साँझ १० हजार घुस रकमसहित नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका भण्डारीमाथि थप अनुसन्धान चलिरहेको टोलीले जनाएको छ ।