बसमा सवार यात्रुबाट लागूऔषध बरामद


न्युज अफ नेपाल, हेटौंडा । प्रहरीले मंगलबार दिउँसो करिब साढे १२ बजे हेटौंडा–१५ स्थित सडकखण्डमा बीरगञ्जबाट हेटौंडातर्फ आउँदै गरेको ना. ५ ख १४९९ नम्बर यात्रुबाहक बस चेक गर्ने क्रममा लागुऔषध बरामद गरेको छ ।

बसका यात्री बीरगञ्ज महानगरपालिका–१३ बस्ने वर्ष २८ का नजिर हुसेनउपर शंका लागेर चेक गर्दा उनको साथबाट लागुऔषध फेनारगन १ सय ९९ एम्पुल, नुर्फिन १ सय ९५ एम्पुल र डाइजेपाम १ सय ९५ एम्पुल गरी ५ सय ९२ एम्पुल फेला परेको हो ।

उक्त लागुऔषधसहित उनलाई पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाही भइरहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको चेकिङ टोलीले उनलाई पक्राउ गरेको हो ।