डोटीमा शसस्त्र प्रहरीको यात्रु सहायता कक्ष स्थापना


विमल विष्ट, डोटी ।

डोटीको दिपायल सिलगढी नगरपालिका ४ पिपल्लामा जिल्ला शसस्त्र प्रहरीको ३६ नम्बर गणले पहिलो पटक नागरिक सहायता कक्ष स्थापना गरेको छ । शसस्त्र प्रहरीले पहिलो पटक खोलेको उक्त यात्रु सहायता कक्षको आज बुधवार डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले एक कार्यक्रमका बिच उद्घाटन गर्नु भएको छ । नेपालीहरुको महान चाड दशै, तिहार तथा छठ पर्वलाई लक्षित गरी उक्त यात्रु सहायता कक्ष स्थापना गरिएको शसस्त्र प्रहरीको ३६ नम्बर गणका गणपती तथा शसस्त्र प्रहरी उपरिक्षक जहरसिंह बुढामगरले बताउनुभयो । उहाँले भन्नुभयो, “यात्रुहरुको समस्या समाधानका लागि हामीले यात्रु सहायत कक्ष स्थापना गरेकाछौँ,कसैलाई पनि समस्या परे उक्त कक्षमा आएर भने समस्या समाधान गर्ने छौँ ।”

शसस्त्र प्रहरलिे खोलेको उक्त यात्रु सहायता कक्षको बुधवार उद्घाटन गर्नु हुँदैप्रमुख जिल्ला अधिकारी पौडेललले यात्रु सहायता कक्षले यात्रुहरुको सुरक्षामा महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो । उहाँले भन्नुभयो, “यात्रु सहायत कक्षले समस्यामा परेका यात्रुहरुको सहयोगमा उल्लेख्य भुमिका खल्ने छ,यसको हामी सधै निरन्तरा दिने छौँ ।” त्यस्तै पिपल्ला बसपार्क लाई जिल्लाकै नमुना बसपार्क बनाउन आफुहरु लागिरहेको उहाँले बताउनुभयो । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा एसपी दिलिपसिंह देउवाले यात्रु सहायता कक्षमा ईलाका प्रहरी कार्यालय दिपायलबाट चौबिसै घण्टा जनपथ प्रहरी खटिने बताउनुभयो । उहाँले भन्नुभयो, “यात्रु सहायता कक्षमा हाम्रो तर्फबाट चौबीसै घण्टा प्रहरी टोली खटिने छ,कुनै समस्या परे प्रहरी कहाँ आउनुहोला ।”

उहाँले चाडपर्वमा बढी भिडभाड हुने भएकाले बजारमा बिभिन्न समस्या आउन सक्ने भएकाले नागरिक तथा यात्रु सहायता कक्ष स्थापना गरिएको बताउनुभयो । त्यस्तै जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलका प्रमुख मोहनसिंह धामीले नागरिक तथा यात्रु सहायता कक्षमा खटिएका प्रहरीले यात्रुहरुलाई सहायता गर्ने, यात्रुका समस्या बुझ्ने सामान्य समस्या तत्काल सामाधान गर्ने र ठुलो समस्या भए प्रक्रिया अगाडी बढाउन सहयोग गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “यात्रु सहातया कक्षमा खटिएका ट्राफिक प्रहरीले ट्राफिक व्यवस्थापना भुमिका खेल्ने छन्,समस्यामा परेकाहरुलाई समस्या हामी समाधान गर्ने छौँ ।” उहाँले बसमा यात्रुहरु ठगीने घटना आउँने भएकाले त्यस्ता घटना नियन्त्रणमा हेल्प डेस्कले सहयोग गर्ने बताउनुभयो । बसपार्क बाहिर रोडको छेउमा यात्रु चढाउने र यात्रु तान्ने गरिने भएकाले यस्को नियन्त्रणमा पनि ट्राफिक प्रहरी परिचालन गरिने उहाँको दाबी छ ।