श्रोत नखुलेको ४ लाख भारतीय रुपैयाँसहित एक पक्राउ


न्युज अफ नेपाल, महोत्तरी ।

प्रहरीले जलेश्वर नगरपालिका ६ खैराचोकबाट श्रोत नखुलेको ४ लाख भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३८ वर्षीय कैलाश साह रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटेको प्रहरी टोलीले साहलाई मंगलबार राति पक्राउ गरेको हो ।

पक्राउ परेका साहलाई थप अनुसन्धानको लागि आन्तरिक राजस्व कार्यालय पथलैया बारा पठाइएको प्रहरीले जनाएको छ ।