नेपाल टेलिकमकाे फोरजी सेवा बुधबारदेखि सञ्चालनमा आउने


न्युज अफ नेपाल, काठमाडौँ । नेपाल टेलिकमले बुधबारदेखि देशभरका ५० शहरी क्षेत्रमा फोरजी सेवा सञ्चालनमा ल्याउने भएको छ । पूर्वमा चन्द्रगढी, विर्तामोड, दमक, विराटनगर, इनरुवा, धरान, धनकुटामा फोर जी सेवा सञ्चालनमा आउनेछ । यस्तै जनकपुर, जलेश्वर, मलङ्गवा, जलेश्वर, बारा, पर्सा, सिमरा, कलैया, गौरमा पनि चौथो पुस्ताको फोरजी सेवा शुरु हुनेछ ।

यस अघि नै निजी दूरसञ्चार सेवा प्रदायक एनसेलले देशका अधिकांश स्थानमा फोरजी सेवा पुर्याइसकेको छ । सरकारी स्वामित्वको टेलिकमले भने लामो प्रयास पछि सेवा विस्तार गर्न लागेको हो ।

यस सम्बन्धि काठमाडौँमा कार्यक्रमको आयोजना गरी फोरजी सेवा विस्तार भएको घोषणा गर्ने र उक्त कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने जनाइएको छ । यसअघि टेलिकमले २०७३ पुस १७ गतेदेखि काठमाडौँ र पोखरामा फोर जी सेवा पु¥याएको थियो ।