रोल्पामा बस दुर्घटना हुँदा दुईको मृत्यु


न्युज अफ नेपाल, रोल्पा । रोल्पाको सुनिल स्मृति गाउँपालिका ३ रुइनिबाङमा बस दुर्घटना हुँदा दूई जनाको ज्यान गएको छ । दर्घटनामा परी ज्यान गुमाउनेमा लुङ्ग्री गाउँपालिका–३ का २२ वर्षीय चालक यामलाल घर्ती र लुङ्ग्री गाउँपालिका–२ का १८ वर्षीय यात्रु सूर्यलाल जीएम रहेको प्रहरीले जनाउको छ ।

रुइनिबाङ बजारको जीप पार्कमा फर्काउने क्रममा ब्याक गर्दा आर्शीवाद यातायात प्रा।लि।को ग १ ख ५५३७ नम्बरको बस लुङ्ग्री खोलामा खसेको हो । रुइनिबाङबाट लुङ्ग्री गाउँपालिकाको सिर्पका लागि छुट्ने तयारीमा रहेको बस यात्रु लिन जाने क्रममा ब्याक गर्दा खोलामा खसेको प्रहरीले जनाएको छ ।