माइक्रोबस तोडफोड गर्ने २ पक्राउ


न्युज अफ नेपाल, काठमाडौं । काठमाडौं महानगरपालिका ३१ शंखमुलमा पार्किङ गरी राखेको बा।४ ख २०५६ नम्बरको हाईस माइक्रोबस तोडफोड गर्ने कार्यमा संलग्न २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं बालाजु बस्ने गोरखा मैलुङ गाउँपालिका ८ घर भएका २२ वर्षीय निशान जंग थापा र काठमाडौं शंखमुल बस्ने उदयपुर कटारी घर भएका २२ वर्षीय हिमाल खड्का रहेको प्रहरीले जनाएको छ । मादक पदार्थ सेवन गरेका उनीहरुले माइक्रोबस तोडफोड गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

तोडफोडबाट माईक्रो बसको अगाडी र दाहिने साईडको शिशामा क्षति भएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।