अवैध लागूऔषधसहित तामाङ पक्राउ


न्युज अफ नेपाल, कास्की ।

पोखरा महानगरपालिका १४ चाउथेबाट लागू औषध गाँजासहित प्रहरीले एक जनालाई पक्राउ गरको छ । पक्राउ पर्नेमा धादिङ घर भएका २४ वर्षीय दिपक तामाङ रहेको प्रहरीले जनाएको छ ।

तामाङलाई करिब ६ केजी अवैध लागूऔषध गाँजासहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले चेक जाँच गर्ने क्रममा तामाङलाई उक्त परिमाणको लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

यस विषयमा थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।