सोले फिल्मका कालियाको निधन


मुम्बई । बलिउड फिल्म सोलेमा कालियाको भूमिका निर्वाह गरेरका विजु खोटेको ७७ वर्षको उमेरमा निधन भएको छ। उनको सोमबार बिहान ६ बजेर ५५ मिनेटमा आफ्नै निवासमा निधन भएको इन्डिया टुडेले जनाएको छ ।

फिल्म शोलेु मा कालिया र फिल्म अन्दाज अप्ना अप्नाु मा रोबर्टको भूमिकाबाट खोटेले चर्चा कमाएका थिए । खोटेले १९७४ को फिल्म या मलकुबाट फिल्म क्षेत्रमा डेब्यु गरेका थिए। उनले शोले, कुर्बानी, अन्दाज अप्ना अप्ना, कर्ज, नगिनालगायतका ३०० भन्दा बढी हिन्दी तथा मराठी फिल्ममा अभिनय गरेका छन्।