बेपत्ता दुई बालिकामध्ये एकको शव फेला


न्युज अफ नेपाल, काठमाडाैँ ।

गलेश्वर गत असोज ५ गते म्याग्दीको बेनी नगरपालिका २ बगरफाँटस्थित कोटखोलामा आएको बाढीले बगाउँदा बेपत्ता भएका दुई बालिकामध्ये एकको शव फेला परेको छ । हराएकी अर्की एक बालिकाको अवस्था अझैसम्म पनि अज्ञात रहेको छ ।

भीषण वर्षापछि खोलामा आएको बाढीले १० वर्षीय प्रवीना परियार र ८ वर्षीय अनुश्का परियार बेपत्ता भएका थिए । उनीहरुमध्ये १० वर्षीया प्रवीनाको शव आइतबार साँझ बागलुङको मालढुङ्गा क्षेत्रमा फेला परेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । शव आफन्तको जिम्मा लगाइएको छ ।

बगरफाँट स्थायीरुपमा बस्ने माया परियारको घरमा पाउना बनेर गएका दुई बालिका बेपत्ता भएका थिए । सोेही स्थानमा रहेको बुद्ध एकेडेमी विद्यालयको १८ कोठासहितको भवन शौचालय र खेलमैदान पूर्ण क्षति भएको छ ।