विषालु च्याउ खाँदा माझी परिवारका १२ सदस्य बिरामी


सर्लाही । सर्लाहीको ईश्वरपुरमा विषालु च्याउ खाँदा एकै परिवारका बाह्र जना सदस्य बिरामी परेका छन् ।

बिरामी पर्नेमा माझीका ५५ वर्षीया श्रीमती राजकुमारी माझी, ३२ वर्षीय छोरा पल्टु माझी, २८ वर्षीय बुहारी सविता माझी, छ वर्षीया नातिनी रिन्कु माझी, ४ वर्षीय नाति अविनाश माझी, ३१ वर्षीय माइला छोरा बिल्टु माझी, उनकी २७ वर्षीया श्रीमती अञ्जुदेवी माझी, बिल्टुका १० वर्षीय छोरा अमित माझी, पाँच वर्षीया छोरी प्रियङ्का माझी र तीन वर्षीया छोरी मेनुका माझी रहेको प्रहरीले जनाएको छ ।

जङ्गलबाट ल्याएको च्याउ आइतबार राति पकाएर खाँदा माझी परिवारका १२ सदस्य बिरामी भएका हुन् । बिरामी भएका बृजकुमार माझीलाई स्थानीयवासी अमृत हेल्थ केयर बयलबासमा उपचारपश्चात् घर पठाइएको छ ।

अन्य बाँकी ११ जनालाई भने आइतबार राति थप उपचारका लागि जनकपुर पठाइएको प्रहरीले जनाएको छ ।