सुनकोशी गाँउपालिकाद्वारा बिमा कार्यक्रम लागु


लिला सुनुवार, ओखलढुंगा । ओखलढुंगाको सुनकोशी गाँउपालिकाले स्वास्थ्य बिमा कार्यक्रम लागु गरेको छ । सुनकोशी गाँउपालिका प्रमुख रुद्ध प्रसाद अधिकारीको प्रमुख अतिथ्यतामा यहि अश्विन १२ गते कार्यक्रमको आयोजना गरी सुनकाशी गाँउपालिका वडा नं. ८ बाट स्वास्थ्य बिमा कार्यक्रम शुरु गरिएको सुनकोशी गाँउपालिका वडा नं. ८ का अध्यक्ष गुण राज भट्टराईले बताए ।

कार्यक्रममा सम्बोधन गर्दै गाँउपालिका प्रमुख रुद्ध प्रसाद अधिकारीले बिकट क्षेत्रमा बसोबास गर्ने नागरीक हरुका लागी यो कार्यक्रम निक्कै प्रभाबकारी भएकोले सम्पूर्ण सुनकोशी गाँउपालीका बासीहरुले अनिबार्यरुपमा स्वास्थ्य बिमा गर्नु पर्ने कुरामा जोड दिए ।
स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभाबकारी बनाउना प्रत्येक बडामा स्वयंसेविकाहरु र स्वास्थ्य बिमा अभिकर्ता घरदैलो कार्यक्रम मार्फत खटाईने गाँउपालिका प्रमुख अधिकारीले बताए ।

यसैगरि गाँउपालिकाको अन्य वडाहरुमा पनि क्रमश कार्यक्रमको आयोजना गरि स्वास्थ्य बिमा कार्यक्रम लागु गर्ने योजना रहेको गाँउपालिका प्रमुख अधिकारीले बताए । सुनकोशी गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत राम कुमार कार्कीले नागरीकले स्वास्थ्य बिमा गर्दा ५ जना सम्मको परिवार भएको प्रतिघर धुरीले रु ३ हजार ५ सय रुपैया बिमित रकम तिर्नु पर्ने र ५ जना भन्दा माथीको परिवारको लागी प्रतिब्यात्ति ७ सय थप्नु पर्ने प्राब्धान रहेको बताए ।

यसै गरि स्वास्थ्य बिमा कार्यक्रममा स्वास्थ्य स्वयंसेविकाहरुका लागी ५० प्रतिसत छुट , ज्येष्ट नागरीकको हकमा प्रतिब्यात्ति शतप्रतिसत छुट र भिन्न क्षमता भएको नागरीकको हकमा शतप्रतिसत घरपरिवारलाई नै छुट हुने प्राब्धान रहेको प्रमुख प्रशासकिय अधिकृत कार्कीले बताए ।