ट्याक्टर दुर्घटनामा एकको मृत्यु, १० घाइते


न्युज अफ नेपाल, रुपन्देही । गैंडहवा गाउँपालिका ३ गोब्रौलीस्थित सडकमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

लु।२ त ४३९३ नम्बरको ट्याक्टर अनियन्त्रित भई आइतबार बिहान दुर्घटना हुँदा गम्भीर घाइते भएकी ट्याक्टरमा सवार रुपन्देही गैडहवा गाउँपालिका ३ बस्ने ६० वर्षीया गायत्री थारू मृत्यु भएको हो । चौधरीको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।

दुर्घटनामा घाइते भएका अन्य १० जनाको भने सोही मेडिकल कलेजमा उपचार भइरहेको छ । दुर्घटना भए लगत्तै फरार रहेका ट्याक्टर चालकको खोजी भईरहेको प्रहरीले जनाएको छ ।