हातहतियार तथा लागूऔषधसहित दुई पक्राउ


न्युज अफ नेपाल, सुनसरी । बर्जु गाउँपालिका ३ अमडुवाबाट हातहतियार र लागूऔषधसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मोरङ सुन्दरहरैचा नगरपालिका ५ मगर टोल बस्ने २७ वर्षीय करण कुमार चौधरी र सोही ठाउँ बस्ने २१ वर्षीय प्रकाश चौधरी रहेको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट मेड इन यूएसए लेखेको पेस्तोल १ थान त्यसको म्याग्जिन २ थान तथा गोली ३ राउण्ड, नियन्त्रित लागूऔषध फेनारगन ३५ एम्पुल, लुपिजेसिक ३५ एम्पुल, एभिल ३५ एम्पुल, लागु औषध डाईजेल्याव ३५ एम्पुल र सिरिन्ज १ थान बरामद भएको छ ।

१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समूह र ईलाका प्रहरी कार्यालय दुहवी सुनसरीबाट संयुक्त रुपमा खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउदै गरेका उनीहरूलाई जाँच गर्ने क्रममा उक्त हतियार र लागूऔषधसहित फेला पारी आइतबार बिहान पक्राउ गरेको हो ।

यस विषयमा थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।