छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषधसहित ११ पक्राउ


काठमाडौँ । बाँकेमा लागूपदार्थसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङ तुल्सीपुर उपमहानगरपालिका ९ बस्ने २४ वर्षीय सन्तोष रेउले रहेको पहरीले जनाएको छ । नेपालगंज उपमहानगरपालिका १५ स्थित चेकपोष्टमा जाँच गर्ने क्रममा रेउलेलाई करिब ६ ग्राम ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थसहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो । लागू औषध नियन्त्रण ब्यूरो र ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई शंका लागि जाँच गर्दा जुत्ताभित्र लुकाई ल्याउँदै गरेको उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका १० बुदबुदेस्थित सडकबाट सोही स्थान बस्ने २३ वर्षीय चेतन शाही र भेरिगँगा नगरपालिका ७ बस्ने २३ वर्षीय प्रकाश बुढालाई ३ पुरियामा रहेको ७० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थसहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रदेश प्रहरी ब्यूरो र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटीएको संयुक्त प्रहरी टोलीले शंका लागि जाँच गर्दा उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

यस्तै वीरेन्द्रनगर नगरपालिका १० सितलनगर टोलस्थित सडकबाट सोही स्थान दूई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा २७ वर्षीय हिमाल गौतम र दैलेख नारायण नगरपालिका १ वष्ने १९ वर्षीय बिकाश थापा रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई ६ पुरियामा रहेको १ सय २० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थसहित शनिबार बेलुका प्रहरीले पक्राउ गरेको हो । शंकास्पद रुपमा बसिरहेको अवस्थामा प्रहरीले जाँच गर्दा उनीहरूलाई उक्त पदार्थसहित फेला पारी प्रहरीले पक्राउ गरेको छ ।

भक्तपुरको चांगुनारायण नगरपालिका ८ खरीपाटीबाट दोलखा शैलुङ गाउँपालिका(२ घर भई हाल भक्तपुर सूर्यविनायक बस्ने २६ वर्षीय शिव थापा मगर सहित ५ जनालाई लागू औषध पोल्याण्ड करिब २ ग्राम र गाँजा करिब ४६ ग्रामसहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग खटिपाटीबाट खटीएको प्रहरी टोलीले मोटरसाइकलमा आएका उनीहरूलाई शंका लागी जाँच गर्दा उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

त्यस्तै काठमाडौं महानगरपालिका ११ थापाथलीबाट लागूऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरको छ । पक्राउ पर्नेमा लहानका २८ वर्षीय अरुण गौतम रहेको प्रहरीले जनाएको छ । लागूऔषध पोल्याण्ड ७५ ग्रामसहित गौतमलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्त सिंहदरवारबाट खटिएको प्रहरी टोलीले बाटोमा हिँडिरहेका उनलाई शंका लागि जाँच गर्दा उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

यस विषयमा थप अनुसन्धान चलिरहेको स्थानीय प्रहरीले जनाएको छ ।