दाङमा भएको बस दुर्घटनामा परी सात घाइते


काठमाडौँ । आइतबार बिहान दाङमा भएको बस दुर्घटनामा परी सात जना घाइते भएका छन् । बिहान १०:३० बजेको समयमा राप्ती गा.पा ४ मौरीघाट स्थित पुर्व पश्चिम राजमार्गमा दाङ देखि कृष्णनगरतर्फ जादै गरेको लु २ प ३२७७ नं. को बसलाई विपरित दिशाबाट आउदै गरेको ना २ ख ५४५६ नं. को ट्रकले ठक्कर दिएको हो । घाईते सबैको स्थानिय राप्ती पोलिक्लिनिक भालुवाङमा उपचार भईरहेको प्रहरीले जनाएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुद्धृटनामा परी दाङ घोराही उ.म.न.पा. १० नारायणपुर बस्ने बर्ष ३२ का बस चालक शिव महरा, प्युठान ऐरावती गा.पा. ३ दारिमपाटा बस्ने बर्ष ३१ का कासिनाथ पोख्रेल, रोल्पा त्रिवेणी गा.पा. १ बेलबार बस्ने बर्ष १८ का सुरेन्द्र बुढा, प्युठान माण्डवी गा.पा. ३ मछी बस्ने बर्ष १७ का महेश्वर भट्टराई, २१ वर्षीय शुसिला अर्याल ,दाङ तुलसीपुर उ.म.न.पा. १८ बिजौरी बस्ने बर्ष ३० का बशन्त खड्का र कपिलबस्तु शिवपुर गा.पा. ७ बस्ने बर्ष ७२ का अबदुल मुसलवान रहेका छन् ।

यस विषयमा थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।