गुडिरहेको बसमा ढुङ्गा खस्दा बसका चालक गम्भीर घाइते


न्युज अफ नेपाल, रुपन्देही ।

सिद्धार्थ राजमार्गअन्तर्गत माथिल्लो सिद्धबाबा नजिकै गुडिरहेको बसमा ढुङ्गा खस्दा बसका चालक गम्भीर घाइते भएका छन् ।

पाल्पाबाट बुटवल आउँदै गरेको लु१ख ६१८० नंको यात्रुबाहक बसमा ढुङ्गा खस्दा बसका चालक तिलोत्तमा नगरपालिका वडा नं ४ बस्ने ३५ वर्षीय कमल राउत घाइते भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरीले जानकारी दिएकाे छ ।
आज (शनिबार) दिउँसो साढे १ बजे पाल्पाको तिनाउ गाउँपालिका-३ माथिल्लो सिद्धबाबा नजिकै हेडबक्स माथिबाट ढुङ्गा खसेको थियो ।
ढुङ्गाले टाउकोमा लागेर गम्भीर घाइते भएका राउतको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बसमा सवार अरु यात्रु भने सकुशल रहेको प्रहरीले जानकारी दिएकाे छ ।

 पौडी खेल्दा डुबेर बालकको मृत्यु  

बुटवलको बेलबासमा पौडी खेल्ने क्रममा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका-१३ बेलबास निवासी ११ वर्षीय सबिन आचार्य रहेको इलाका प्रहरी कार्यालय बुटवलले जानकारी दिएकाे छ । आज दिउँसो घर नजिकैको जवई खोलामा पौडी खेल्ने क्रममा डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।