विभागका कर्मचारी कालोबजारी रोक्न छाडेर कमिसनका लागि फेन्सी, स्टोर र सपिङ्ग मलहरुमा धाउन थाले


न्युज अफ नेपाल, काठमाडौँ । बजारमा तरकारीको भाउ आकासिएको छ । मूल्यबृद्धि नियन्त्रण गर्नुपर्ने निकायका अधिकारीहरु भने सपिङ्गमल र डिपार्टमेण्टल स्टोरहरुमा मात्र धाउन थालेका छन् ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका कर्मचारी तरकारी बजारको कालोबजारी रोक्न छाडेर कमिसनका लागि ठूला फेन्सी, डिपार्टमेण्टल स्टोर र सपिङ्ग मलहरुमा धाउन थालेका हुन् ।

दरबारमार्ग तथा न्यूरोडका ठूला पसल, डिपार्टमेण्टल स्टोर, सपिङ्गमल, सुपरमार्केटहरुबाट कर्मचारीले चाडबाडको बेला अनुगमनको नाममा कसमिउन उठाउने गर्छन ।

अनुगमनका लागि लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री तथा उपभोक्ता अधिकारका नाममा गठन भएका कमिसनखोर संस्थाका व्यक्तिहरु समेत संलग्न हुने गरेको उपभोक्ता अधिकारकर्मीहरु बताउँछन् ।

दशैंको मुखमा लत्ताकपडा, खाद्यान्न र सार्वजनिक यातायात लगायतको अनुगमन गरेको भनेर प्रचार गरेपनि ठगी र कालोबजारी रोकिएको छैन ।
विभागले दरबारमार्ग, न्यूरोड, असन लगायत बजारमा रहेका सपिङ आउटलेट अनुगमनका लागि छ वटा समूह परिचालन गरेको भनेपनि सबै टोली अनुगमन भन्दा पनि बार्गेनिङ्ग केन्द्रित रहेको अर्यालेको आरोप छ । हुन पनि विभागको अनुगमनले बजारमा कुनै बस्तुको भाउ घटेको छैन ।

विभागले गरेको अुनगमनको नाटक सरकार झुक्याउने र जनता ठग्ने खेलमात्रै भएको भन्दै उपभोक्ताहरुले आक्रोश पोखेका छन् ।