१८ किलो चाँदीसहित एकजना पक्राउ


न्युज अफ नेपाल, जनकपुरधाम । चाँदी तस्करीमा संलग्न एकजनालाई प्रहरीले पक्राउ गरेको छ । उनलाई १८ किलो चाँदीसहित जनकपुरधामबाट पक्राउ गरेको हो । महोत्तरीका पिपरा गाउँपालिका ५ सहोरबा बस्ने ३० वर्षिय भरत कुमार साह पक्राउ परेका हुन् ।

साहलाई जनकपुर उपमहानगरपालिका–२२ बसविट्टीबाट आज चेकजाँचको क्रममा सशस्त्र प्रहरीले पक्राउ गरेको हो । चाँदीसहित उनलाई सशस्त्र प्रहरी बेश क्याम्प मुजेलियाले सार्वजनिक गरेको छ ।

ज ७ प ५७७१ नम्बरको मोटरसाईकलमा जनकपुरबाट चाँदी भारततर्फ लैजाँदै गर्दा चेकजाँचको क्रममा ५ वटा प्लास्टिकको पोकामा रहेको चाँदी बरामद भएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।

उनका अनुसार बरामद चाँदी १३ लाख ५० हजार रुपैयाँ मूल्य बराबर छ । थप अनुसन्धान भइरहेकाे प्रहरीले बताएकाे छ ।