८ किलो अवैध लागूऔषधसहित ५ पक्राउ


काठमाडौं । काठमाडौं महानगरपालिक १२ टेकुस्थित सडक किनाराबाट अवैध लागूऔषध चरेशसहित तीन जनालाई प्रहरीले पक्राउ गरको छ । पक्राउ पर्नेहरुमा काभ्रेपलान्चोक नमोबुद्ध नगरपालिका १ का १९ वर्षीय रामबहादुर मिजार, रामेछाप काँडादेवी गाउँपालिका ७ का १९ वर्षीय प्रज्वलराज श्रेष्ठ र नुवाकोट म्यागम गाउँपालिका ६ का ३१ वर्षीय आस्मा लामा रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीर्ले १ केजी ३ सय ग्राम चरेशसहित बिहीबार साँझ उनीहरुलाई पक्राउ गरेको हो ।

यस्तै, सर्लाहीको बसबरिया गाउँपालिका २ मानपुरबाट बा।३७ प ३००१ नम्बरको मोटरसाइकल चालक बरहथवा नगरपालिका(१० सितापुर बस्ने २८ वर्षीय राजन राउतलाई अवैध लागूऔषध गाँजासहित पुलिसले पक्राउ गरेको छ । राउतलाई करिब ६ केजी गाँजासहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मानपुरबाट खटिएको प्रहरीले मोटरसाइकल जाँच गर्ने क्रममा लुकाई छिपाई ल्याएको उक्त परिमाणको लागूऔषध गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।

सुनसरी, दुहबी नगरपालिका ७ भलुवा मुसहरी टोल बस्ने ६५ वर्षीय हकिम पासवानलाई अवैध लागूऔषध गाँजासहित प्रहरीले पक्राउ गरेको छ । पासवानलाई १ केजी गाँजासहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरीले पासवानको घर तलासी गर्दा घरमा लुकाइ छिपाई राखेको अवस्थामा उक्त लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस विषयमा थप अनुसन्धान चलिरहेको स्थानीय प्रहरीले जनाएको छ ।