पत्रकार दाहालको शब्दमा “दशैं तिहारमा” सार्वजनिक


पत्रकार धनवीर दाहालको शब्दमा दशैं तिहार बिशेष गित सार्वजनिक भएको छ । दाहालको शब्दमा चर्चित लोक गायक अमितबावु रोकायको उत्कृष्ट लय सिर्जनामा दशैं तिहारमा बोलको गित सार्वजनिक भएको हो ।

अमितबावु रोकाय, कञ्चन अधिकारी, भिमसेन दाहाल र सुस्मा अधिकारीको स्वर रहेको गितमा सन्तोष सापकोटा, सुस्मा अधिकारी, रोली तामाङ्ग र सुर्दशन खतीवडाले अभिनय गरेका छन् ।

यसै गरी शिशिर बुढाथोकीको निर्देशन रहेको गितको भिडियो छायाकंन सागर गौतमको छ भने सम्पादन राजकुमार मगरको छ । क्वालीटी म्युजिक प्रालिको प्रस्तुतीमा भिमसेन दाहालको दशैं तिहारमा गितमा दशैं तिहार जस्ता चाडको मौलिकता प्रर्दशन गरिएको छ ।