अबैध मोवाइलसहित पाँच चिनियाँ त्रिभुवन अन्तरास्ट्रिय विमानस्थलबाट पक्राउ


न्युज अफ नेपाल, काठमाडौँ । अबैध मोवाइलसहित पाँच चिनियाँ नागरिकलाई त्रिभुवन अन्तरास्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरेको छ ।

विमानस्थलको अध्यागमन टोलीले चेकजाँचका क्रममा बुधबार दिउसो ३०० थान मोबाइल भेटपछि उनीहरुलाई पक्राउ गरेको हो । ती मोवाइल कहाँ र कसरी ल्याइए भन्ने थप विवरण आउन बाँकि छ । थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।