जुवा खेलिरहेको अवस्थामा पाँच जना रगेंहात पक्राउ


न्युज अफ नेपाल, दाङ । दाङको तुलसीपरमा जुवा खेलिरहेको अवस्थामा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तुलसीपर उप महानगरपािलका९ ६ बस्ने ५४ वर्षीय भिमसेन लहरे, ३५ वर्षीय अमित देव खड्का, ५६ वर्षीय सिताराम योगी, ५० वर्षीय निर्मल शर्मा आचार्य ,३५ वर्षीय सेजेन्द्र देभकोटा ० सुदप० रहेको प्रहरी नायब उपरीक्षक । विनोद विक्रम शाहले जानकारी दिए ।

उनीहरूको साथबाट प्रहरीले नगद एकसठ्ठी हजार दई सय दश र खोलेको तास तीन थान र नखोलेको तास छ थान तास नियन्त्रणमा लिएको छ ।

उनीहरुविरुद्ध जुवा ऐनअन्तर्गत मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाइएको शाहले जानकारी दिए ।

त्यस्तै, लागू औषध सहित दाङको घोराहीबट दुईजना पक्राउ परेका छन ।

घोरही उप महानगरपालिका–१५ प्रगती टोलका २१ वर्षीय सुरेश घर्तिमगर, ताराकुन्ज टोलका १६ वर्षीय संगित बस्नेत, लोटारका २७ वर्षीय नरेन्द्र रसाइली, दिपशिखा मनकामना टोलका २३ वर्षीय बलदेव वोली, १९ वर्षीय गौरव न्यौपाने, हापरका १७ वर्षीय सरोज पुरी, जिल्ला प्रहरी कर्यलय रोड बस्ने २४ वर्षीय शंकर चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुको साथबाट साथबाट ब्राउन सुगर र एकसठ्ठी हजार आठ सय पन्ध्र रुपैयाँसहित पक्राउ गरेको हो । उनीहरुले सुरेस घर्तिको घरबाट अबैध लागुऔषध कारोबार गरिरहेका थिए ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।