न्युज अफ नेपाल, काठमाडौं । काठमाडौं मेडिकल कलेजमा एक महिलाले एकैपटकमा चारजना शिशुहरु जन्माएकी छन् । २७ वर्षिया खगित्रा शाहीले बुधवार एकैपटक चारजना शिशुहरू जन्माएकी हुन्।
अस्पताल स्रोतका अनुसार आठ महिनाको गर्भपछि शल्यक्रियामार्फत् ती शिशुलाई जन्माइएको हो।
ति शिशुहरूमा तीनजना छोरा र एकजना छोरी छन्। तीनजना शिशुहरूको स्वास्थ्य अवस्था सामान्य रहेको र एकजनाको अवस्था भने अस्थिर देखिइरहेको अस्पतालले बताएको छ।
ती शिशुहरू नौं महिना नपुग्दै जन्मिएकाले श्वासप्रश्वासमा कठिनाई हुनसक्ने हुँदा केही हप्ता विशेष स्वास्थ्य निगरानीमा राख्नुपर्ने शल्यक्रियामा संलग्न स्वास्थ्यकर्मीहरूले बताएका छन्।
सामान्यतः नवजात शिशु जन्मंदा साढे दुई किलो तौल हुनु राम्रो मानिन्छ। ८ महिना पूरा भएपछि मात्र फोक्सो पूर्ण रूपमा विकास हुनेगर्छ ।
ती शिशुमध्ये सबैभन्दा कम एकजनाको तौल ९५० ग्राम र बाँकी तीनको क्रमशः झण्डै १.४ केजी, १.५ केजी र १.६ केजी रहेका छन्।











प्रतिक्रिया