कर्मचारी भर्ना गरिदिन्छु भन्दै तीन लाख घुस लिने विद्युत् प्राधिकरण सिरहाका प्रमुख विरुद्ध मुद्दा


न्युज अफ नेपाल, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर्मचारी भर्ना गरिदिन्छु भन्दै दुई युवासँग रु तीन लाख घुस लिएको आरोपमा नेपाल विद्युत् प्राधिकरण सिरहा वितरण केन्द्र औरहीका कार्यालय प्रमुख छेदिलाल साह सोनारविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

प्रमुख साहले सरोजकुमार यादव र लक्ष्मीनारायण यादवलाई नेविप्रा शाखा कार्यालयमा सिरहामा करारमा काम लगाइदिन्छु भन्दै उनीहरुसँग जनही रु एक लाख ५० हजार र अन्य व्यक्तिसँग थप रु ८० हजार घुस लिएको अवस्थामा आयोगको टोलीले रङ्गेहात पक्राउ गरेको थियो । आयोगले निज साहविरुद्ध रु तीन लाख ८० हजार बिगो मागदाबी गरेको छ ।
रासस