आपसी हितका लागि अघि बढ्नुपर्ने जापानी राजदूतको जोड, जापानी रोटरीयनद्वारा ८५ लाख रकम सहयोग


न्युज अफ नेपाल, ललितपुर । नेपालका लागि जापानी राजदूत मासामिची साइगोले दुईका देशका जनताबीचको सम्बन्धको विस्तार गरी आपसीका हितका लागि अघि बढ्नुपर्ने बताउनुभएको छ ।
रोटरी क्लब अफ पाटन दरबार स्क्वाएरले ललितपुरको खोकना सिकाली मन्दिर परिसरमा बुधबार आयोजना गरेको स्वास्थ्य तथा सरसफाई तालिमको उद्घाटन गर्दै उहा“ले सो कुरा बताउनुभयो ।
नेपाली र जापानीका जनताको आनीबानीमा धेरै समानता रहेको उल्लेख गर्दै राजदूत साइगोले जनस्तरको सम्बन्धलाई यस्तै सहयोग र सद्भावले व्यापक र सुदृढ बनाउ“दै लग्ने विश्वास व्यक्त गर्नुभयो ।
सो अवसरमा ६ वटा सार्वजनिक विद्यालयका विद्यार्थीहरुलाई सरसफाई र स्वास्थ्य सम्बन्धी प्रशिक्षण दिइएको थियो । रोटरी डिष्ट्रिक्ट –२७४० जापानको सहयोगमा मन्दिर परिसर सार्वजनिक शौचालय निर्माण शुरु गर्न लागिएको सन्र्दभमा सो तालिम आयोजना गरिएको रोटरी इन्टरनेसनल –३२९२ का डिष्ट्रिक गभर्नर किरणलाल श्रेष्ठले बताउनुभयो ।स्वास्थ्य र सरसफाई सम्बन्धी जापानको अनुभवलाई समेटिएर जापानीज रोटरीयन मिसकावाले विधार्थीहरुलाई प्रशिक्षण दिनुभयो ।
जापानी रोटरी क्लबले मन्दिर परिसरमा सार्वजनिक शौचालय निर्माणसंगै श्री चण्डी आदर्श मा.वि चाकुपाट, श्री बालोदय प्रावि धापाखेल, श्री सचेतना मावि धोबिघाट र धादिङका विभिन्न स्थानमा सार्वजनिक शौचालय निर्माणका लागि ८५ लाख रुपैया“ सहयोग प्रदान गरेको छ ।
भूकम्पबाट क्षतिग्रस्त विभिन्न स्थानमा सावर्जनिक शौचालय निर्माण, सार्वजनिक विद्यालयमा भौतिक पूर्वाधार निर्माणका लागि जापानले गरेको सहयोग महत्वपूर्ण रहेकोमा केन्द्रीत गर्दै ललितपुर महानगरपालिका वडा नं २१ का वडाअध्यक्ष रवीन्द्र महर्जन, डा. सुरेन्द्र जोशी, मिनु श्रेष्ठ र स्क्वाएरका पूर्वअध्यक्ष अजरमान जोशी लगायतले बोल्नुभएको थियो ।